आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मणिपुरमा महिलामाथि भएको यौन उत्पीडनबारे अमेरिकाले के भन्यो ?

शुक्रबार, ०५ साउन २०८०, ०९ : ५८
शुक्रबार, ०५ साउन २०८०

भारतमा तैनाथ अमेरिकी राजदूत एरिक गार्सेट्टीले केही घण्टाअघि मणिपुरमा महिलामाथि हुने यौन उत्पीडन बारे टिप्पणी गरेका छन् । गार्सेट्टीले अमेरिकी राजधानी वासिङ्टनमा दिएको यो वक्तव्यमा आफ्नो सहानुभूति भारतमा बस्ने जनतासँग रहेको बताएका छन् ।

मणिपुर मुद्दामा पत्रकारहरूको प्रश्नको जवाफ दिँदै गार्सेट्टीले भने, ‘मैले भिडियो हेरेको छैन । मैले यसबारे पहिलो पटक सुन्दै छु । तर मैले अघि नै भनेँ, संसारको कुनै पनि ठाउँमा मानवीय त्रासदी हुँदा हामी दुखी हुन्छौँ ।’

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै गार्सेट्टीले भने, ‘हाम्रो समवेदना भारतीय जनतासँग छ । तर यो भारतको आन्तरिक मामिला हो र हामी मानव जातिको हैसियतले यस्तो दुःख र पीडाप्रति आफ्नो समवेदना व्यक्त गर्दछौँ ।’

मणिपुरका महिलामाथि यौन दुर्व्यवहारको भिडियो गत बुधवार सामाजिक सञ्जालमा देखिएको थियो । यस भिडियोमा केही भीडले दुई महिलालाई यौन दुर्व्यवहार गरेको देखिन्छ ।

यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिहान आफ्नो मन क्रोधले भरिएको र मुटुमा पीडा रहेको बताएका थिए । प्रधानमन्त्री मोदीले अपराध गर्नेलाई नछोडिने बताएका थिए । 

त्यसयता अहिलेसम्म चार जना पक्राउ परेका छन् ।

मे ३ देखि मणिपुरमा मेइतेई र कुकी समुदायबीच जारी हिंसामा १ सय ६० जनाको ज्यान गएको छ भने हजारौँ घरबारविहीन भएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप