आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वर्ल्ड स्कुल फुटबलमा सहभागी हुन नेपाली टोली मोरोक्को प्रस्थान

शुक्रबार, ०५ साउन २०८०, १५ : ४५
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । आईएसएफ वर्ल्ड स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ । प्रतियोगिता जुलाई २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घामगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, येशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापामगर रहेका छन् ।

रमेशबहादुर कटुवालको नेतृत्वमा मोरक्को जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले शुक्रबार बिदाइ गरे । सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्य समेत रहेका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप