नेविसंघका त्रिवि अध्यक्षसहित ५ जना प्रहरी नियन्त्रणमा
शुक्रबार, ०५ साउन २०८०, १८ : १५
काठमाडौँ । नेपाल विद्यार्थी संघ त्रिवि विश्वविद्यालय अध्यक्ष विष्णु बडैलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिक्षा सङ्कायका डिन चित्र बहादुर बुढाथोकीलाई ज्ञापनपत्र बुझाउन गएको बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पाँचै जनालाई कालीमाटी वृत्तमा राखेको छ।
सभापति बडैलासँगै स्ववियु सदस्यहरु नरेन्द्र सिंह साउद, प्रतीक पोखरेल, नेपाल विद्यार्थी संघका नेताहरु किशोर जोशी र गणेश बडैलालाई प्रहरीले पक्राउ गरेको हो ।