आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा युवतीलाई एसिड प्रहार गर्न खोज्ने एक जना पक्राउ

शुक्रबार, ०५ साउन २०८०, २० : १२
शुक्रबार, ०५ साउन २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा युवतीलाई  एसिड प्रहार गर्ने खोजेकाे आरोप एक जना पक्राउ परेका छन् । सुर्खेत प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ का १६ वर्षीय आशिष सुनार रहेका छन् ।

सुनारले शुक्रबार सोही वडाको मैकल बजार नजिकै बराहताल गाउँपालिका –१० की अन्दाजी १७ वर्षीय सोबिता बुढालाई एसिड प्रहार गर्न खोजेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार सुनारले 

प्रहार गरेको एसिड युवतीलाई नलागेर सोही ठाउँका नेत्रबहादुर शाहीको बायाँ हातमा लागेको छ । 

नेत्रबहादुर घाइते भएको डीएसपी शाहीले बताए । एसिड प्रहार घटनामा अन्य एक व्यक्ति पनि संलग्न रहेको प्रहरीले बताएको छ । उनी फरार रहेको बताइएको छ । फरार व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

ती युवाले युवतीलाई किन एसिड प्रहार गर्न खोजेका हुन् भन्ने खुलेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप