आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्य कुरा

शनिबार, ०६ साउन २०८०, १० : १९
शनिबार, ०६ साउन २०८०

आफ्नै घर मन्दिर हो भाइ, सत्य कुरा बुझौँ 
देउता नै पुज्छौ भने, बुबा आमालाई पुजौँ 
चामल, घिउ, तेल जलाउँछौ, ॐ स्वाहा भन्दै
पत्थर माथि दूध चढाउँछौ, १०८ गन्दै
बुबा आमा घरमा भोकै, मन्दिरमा दिन्छौ चन्दा
देखावटी धर्म गर्छौ तिमी, मनमा अर्कै धन्दा 

श्रीमतीको गाला चाट्छौ, बुबा आमालाई गाली
धर्म हुँदैन मठ मन्दिरमा, लाखौँ पैसा फाली 
असली देउता घरमै छाडी, नक्कली मन्दिर जान्छौ
धर्म हुँदैन ढुंगा माथि मिथ्या भेट चढाउँछौ  
के पाउँछौ जिउँदो हुँदा, बुबा आमालाई रुवाएर 
लाखौँ पैसा खर्च गरी ढुंगामा भेट चढाएर
तिनै लोक जित्छौ हामी, आमा बुबालाई खुवाएर
कसले खान्छ मरेपछि, सोह्र श्राद्ध मनाएर 
आफ्नै घर मन्दिर हो दाइ, सत्य कुरा बुझौँ
देउता नै पुज्छौ भने, बुबा आमालाई पुजौँ ।
कलैया, बारा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजन यादव
राजन यादव
लेखकबाट थप