सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

साफ यू–१६ र यू–१९ को ड्र सार्वजनिक

शनिबार, ०६ साउन २०८०, १४ : २७
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । सन् २०२३ को साफ यू–१६ च्याम्पिनसिप र साफ यू–१९ को ड्र सार्वजनिक भएको छ । शनिबार बंगलादेशको ढाकास्थित बीएफएफ हाउसमा प्रतियोगिताको ड्र सम्पन्न भएको हो ।

साफ यू–१६ मा नेपाल समूह ए मा भारत र बंगलादेशसँगै रहेको छ । समूह बीमा भुटान, माल्दिभ्स र पाकिस्तान छन् । प्रतियोगिता भुटानको राजधानी थिम्पुमा सेप्टेम्बर १ देखि १० सम्म आयोजना हुनेछ ।

साफ यू–१९ मा पनि नेपाल समूह ए मा नै रहेको छ । यो समूहमा माल्दिभ्स र पाकिस्तान छन् । समूह बी मा भारत, भुटान र बंगलादेश छ । यो प्रतियोगिता काठमाडौँमा सेप्टेम्बर २१ देखि ३० सम्म आयोजना हुनेछ ।

सन् २०२२ मा आयोजना भएका यू–२० र यू–१७ प्रतियोगितामा भारत विजयी भएको थियो । यू–२० प्रतियोगितामा भारतले बंगलादेशलाई हराएको थियो भने यू–१७ प्रतियोगितामा नेपाललाई हराउँदै भारतले नै उपाधि चुमेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप