सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

करेन्ट लागेर दुई जनाको मृत्यु

शनिबार, ०६ साउन २०८०, १७ : १२
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका-८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको शनिबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो ।

उता रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ बुद्धनगर बस्ने सैनामैना नगरपालिका घर भएकी २८ वर्षीया तिर्सना थापाको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका-८ बस्ने नारायण बहादुर कुँवरको घरमा रिपेरीङ गर्ने क्रममा हाईटेन्सनको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप