आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

शनिबार, ०६ साउन २०८०, १८ : ४४
शनिबार, ०६ साउन २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा खड्काले सम्हाल्ने गरी जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीको रोममा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि सो भ्रमणमा रहने छिन् ।

प्रचण्डले इटालीमा हुने सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रूपमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप