आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

धरान घटना : युवकको हत्या गरेर मोबाइल र सिक्री लुटपाट

शङ्कास्पद ४ जनामाथि सोधपुछ
आइतबार, ०७ साउन २०८०, ११ : ४५
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । साउन ५ मा धरान–इटहरी सडक खण्ड स्थित सेउती पुल नजिक रोहित चौधरीमाथि गोली प्रहार भयो । विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको उपचारको क्रममा बिपी प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

 

लुटपाट गर्ने उद्देश्यले चौधरीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । गोली प्रहारपछि रोहितले लगाएको सुनको सिक्री र मोबाइल लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले रातोपाटीलाई बताए । लुटपाट गर्ने उद्देश्यले रोहितको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

 

हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । केही शङ्कास्पदलाई नियन्त्रणमा राखेर प्रहरीले सोधपुछ गरिरहेको छ । तमोर–धरान हुँदै इटहरी तर्फ झर्दै गरेका रोहितलाई सुटरले सेउती पुल नजिकै गोली हानेर लुटेका थिए । घटनाको अनुसन्धान गर्न सुनसरीबाट डिएसपी राजकुमार राई नेतृत्वको टिमलाई धरान पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप