आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिव परियारको एल्बम ‘तिमी र म’ सार्वजनिक

आइतबार, ०७ साउन २०८०, १२ : २६
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । गायक तथा सङ्गीतकार शिव परियारको एकल स्वर तथा सङ्गीत रहेको गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक एल्बममा कवि तथा गीतकार सागर फुयाँलको एकल शब्द छ । 

एल्बममा ६ गीतहरू समावेश भएको छ । समावेश गीतहरूमा ‘तिमी हौ सबथोक मेरो’, ‘तिमी र म अनि शीतल धुन’, ‘मेरो ज्यान भन्छ्यौ भने’, ‘हाम्रो माया एक नदीको दुई किनार’, ‘जिउन मन छैन अधर तिम्रो नहेरी’ र  ‘तिमी फूल हौ सुगन्ध छर्नु पर्छ तिमीले’ लगायत रहेका छन् ।

एल्बममा रहेको ‘तिमी हौ सबथोक मेरो’ बोलको गीतको भिडियो समेत बनेको छ । भिडियोमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री मिरुना मगरको अभिनय देख्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियो हरि हुमागाईंले छायाङ्कन र विकास धमलाले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप