सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : स्विडेनले दक्षिण अफ्रिकालाई हरायो

आइतबार, ०७ साउन २०८०, १३ : २२
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको छ । जितसँगै स्विडेन समूह ‘जी’ तालिकाको पहिलो स्थानमा उक्लिएको छ । उक्त खेलमा तीनवटै गोल दोस्रो हाफमा भएको थियो । 

खेलमा सुरुआती अग्रता भने दक्षिण अफ्रिकाले लिएको थियो । ४८औं मिनेटमा दक्षिण अफ्रिकाका लागि हिल्दा मगाइयाले गोल गरेकी थिइन् । तर, दक्षिण अफ्रिकाले लामो समयसम्म त्यो अग्रतालाई जोगाउन सकेन् । 

खेलको ६५औं मिनेटमा स्विडनकी फिर्दोलिनाले जवाफी गोल गरिन् । खेल प्रतिस्पर्धात्मक रुपमा अगाडि बढिरहँदा अन्तिम समयमा स्विडेनका लागि अमान्डा इलेस्टेडले अर्को गोल थपेकी थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप