सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : नेदरल्यान्डसँग हार्‍यो पोर्चुगल

आइतबार, ०७ साउन २०८०, १६ : १७
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबलको आइतबार खेलिएको खेलमा नेदरल्यान्ड्स विजयी भएको छ । नेदरल्यान्डले पोर्चुगमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो । जितसँगै नेदरल्यान्ड्स समूह ‘ई’ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तालिकाको पहिलो स्थानमा अमेरिका छ ।

पोर्चुगलविरुद्दका खेलको प्रारम्भमै नेदरल्यान्ड्सले निणरयक गोल गरेको थियो । खेल सुरु भएको १३औं मिनेटमा स्टेफानी भान ग्राटले नेदरल्यान्ड्सका लागि गोल गरेकी थिइन् । स्टेफानीको सोही गोल नै नेदरल्यान्ड्सलाई महत्वपूणर् तीन अंक दिलाउन पर्याप्त भयो । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप