सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : जमैकासँग बराबरीमा रोकियो फ्रान्स

आइतबार, ०७ साउन २०८०, १७ : ५३
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको आइतबार खेलिएको खेलमा जमैकाले बलियो फ्रान्सलाई गोलरहित बराबरीमा रोकेको छ । समूह ‘एफ’ मा दुबै टोलीले आफ्नो पहिलो खेल खेलेका हुन् । 

ब्राजिल र पानामा पनि सोही समूहमा छन् । यी दुई टोलीले भने हालसम्म आफ्नो पहिलो खेल खेलेका छैनन् । खेलको अन्तिम समयमा जमैका १० खेलाडीमा समेटिएको थियो ।

इन्जुरी समयको दोस्रो मिनेटमा जमैकाकी खादिजा सले रातो कार्ड पाएकी थिइन् । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप