आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी

आइतबार, ०७ साउन २०८०, १८ : ०९
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँको महालक्ष्मी नगरपालिका बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् ।

जोशीले भगवती अधिकारीलाई पोल्याण्डमा आकर्षक तलब हुन्छ भन्दै वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाएर १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । वैदेशिक रोजगार विभागको आग्रहमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले जोशीलाई बानेश्वरबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप