आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

प्रधानमन्त्रीको सल्लाहकार हुँ भन्दै ४५ लाख ठगी गर्ने दुई जना पक्राउ

आइतबार, ०७ साउन २०८०, १९ : २५
आइतबार, ०७ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

प्रधानमन्त्री सुशासन सल्लाहकार भएको र अन्य नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर ४५ लाखभन्दा बढी रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाललाई पक्राउ गरेकाे छ । उनीहरु दुवै जनालाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै उनीहरुले ना४च ८६७० नम्बरको जिप लगेर फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र  रेग्मीले जानकारी दिए । 

प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत झापाले पक्राउ पुर्जी जारी गरेपछि आइतबार उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप