सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वर्षाले जोगियो अस्ट्रेलिया

सोमबार, ०८ साउन २०८०, ०६ : ३२
सोमबार, ०८ साउन २०८०

म्यानचेस्टर । वर्षाले अन्तिम दिनको खेल रद्द हुँदा अस्ट्रेलियाले इंग्ल्याण्डविरुद्धको चौथो टेस्ट बराबरी गर्दै एसेज ट्रफी पुनः आफ्नो बनाउन सफल भएको छ । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलिया २–१ ले अघि रहेको छ ।

अर्को हप्ता ओभलमा हुने टेस्ट जित्दै अस्ट्रेलियासँग सन् २००१ पछि पहिलोपटक शृङ्खला जित्ने अवसर समेत रहेको छ । अन्तिम दिनको खेलमा अस्ट्रेलिया ५ विकेटको क्षतिमा २१४ रनको स्थितिमा रहेको थियो । टोली इंग्ल्याण्डभन्दा अझै ६१ रनले पछि थियो । इंग्ल्याण्ड अस्ट्रेलियाको बाँकी पाँच विकेट लिँदै शृङ्खला बराबरी गर्ने तरखरमा थियो । तर, वर्षाले अन्तिम दिन खेल नै सम्भव भएन ।

खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले पहिलो पालीमा ३१७ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले प्लेअर अफ द म्याच घोषित ज्याक क्रलीको विस्फोटक १८९ रनको मद्दतले ५९२ रनको विशाल योगफल तयार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप