आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रेखाको ‘उपहार’मा भित्रिए मुकुन

सोमबार, ०८ साउन २०८०, १० : ५०
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । अभिनेत्री रेखा थापाको निर्माण, अभिनय रहने फिल्म ‘उपहार’को मुख्य भुमिकामा अभिनेता मुकुन भुषाल भित्रिएका छन् । निर्माण युनिटले आइतबार उनलाई फिल्मको मुख्य भुमिकाको लागि अनुबन्धित गरेको हो । 

‘उपहार’मा मुकुन भित्रिएको निर्देशक ज्ञानेन्द्र देउजाले सामाजिक संजाल मार्फत जानकारी दिए । मुकुनले गतबर्ष देउजाको हिट फिल्म ‘झिँगेदाउ’ पनि अभिनय गरेका थिए । पहिलो पटक रेखा र भुषालबीच फिल्ममा सहकार्य हुन लागेका हो ।

अभिनेत्री रेखाको फिल्ममा आफू जोडिन पाउँदा निकै खुसी लागेको मुकुनले बताए । फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बन्न लागेको ‘उपहार’मा अब एक अभिनेत्रीका खोजी जारी छ ।

अभिमन्यू निरवीको पटकथा तथा संवाद रहेको फिल्मको आगामी भदौबाट छायांकन सुरु हुनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्म काठमाडौँ आसपासका स्थानमा गरिनेछ । रेखा फिल्मस् तथा कपनगढी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुने यो फिल्मबाट रेखाले ५ वर्षपछि अभिनय र निर्माणमा पुनः सक्रियता जनाउन लागेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप