आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चिनियाँ नेताको भ्रमण

चिनियाँ कम्युनिस्ट नेता च्या नेतृत्वको टोलीले देउवालाई आज भेट्ने, ओलीलाई भोलि

सोमबार, ०८ साउन २०८०, १२ : १०
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको उच्च राजनीतिक भेटघाट जारी छ । आइतबार नेपाल आइपुगेको चीनको कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटी राजनीतिक ब्युरोका सदस्य युयान च्या च्युन नेतृत्वको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको थियो ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भिडिओ वार्ता गरेको सो टोलीले सोमबार कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

सभापति देउवासँग दिउँसो साढे २ बजे देउवा निवासमा भेटवार्ताका लागि समय तय भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने चिनियाँ टोलीले मङ्गलवार बिहान भेटवार्ता गर्ने कार्य तालिका रहेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली कम्बोडिया भ्रमणबाट सोमबार राति स्वदेश फर्कदैछन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले चिनियाँ टोलीले अध्यक्ष ओलीसँग मङ्गलवार बिहान १० बजे भेटवार्ता गर्ने कार्य तालिका पहिला नै तय भएको जानकारी दिए ।

यसैबीच सोमबारै दिउँसो २ बजे होटल मेरियटामा हुने कार्यक्रममा सहभागी हुने चिनियाँ टोली भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप