आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माइतीघर मण्डलामा बढ्दैछ सभा–जुलुस गर्नेहरुको भीड (तस्बिरहरु)
फोटोफिचर

माइतीघर मण्डलामा बढ्दैछ सभा–जुलुस गर्नेहरुको भीड (तस्बिरहरु)

सोमबार, ०८ साउन २०८०

काठमाडौँ । पछिल्ला दिन माइतीघर मण्डला परिसरमा दैनिकजसो सभा र जुलुस हुने गरेको छ । दैनिक हुने सभा, जुलुस र धर्नाले थापाथली, त्रिपुरेश्वर, कुपण्डोलतर्फ मोडिने सडक अवरुद्ध हुने गरेको छ । सडक जामका कारण सर्वसाधारण मारमा पर्ने गरेका छन् । बाटो हिँड्न समेत मुस्किल पर्ने गरेको छ ।

सडक छेउमा प्रदर्शनकारीहरु टेन्ट र अस्थायी टहरा हालेर धर्नामा बसिरहेका छन् । उनीहरु सडकमै खाना पकाएर खान्छन्, गीत गाउँछन्, नाच्छन् र नारा लगाउँछन् ।

फरक फरक राजनीतिक समूह, अभियन्ता, पीडित परिपवार र संघ संस्थाबाट विरोध प्रदर्शन गर्ने मानिसको भीड दैनिक बढिरहेको हुन्छ तर प्रदर्शनस्थलमा शौचालयको उचित व्यवस्थापन नहुँदा सडक वरिपरि दुर्गन्ध फैलिरहेको छ ।

प्रदर्शनकारीका अलवा सडक किनारबाट हिँड्ने सर्वसाधारणलाई समेत माइतीघरको यो परिदृष्यले असहज बनाउँदै लगेको देखिन्छ ।
हेरौं तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया