आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : इटालीसँग हार्‍यो अर्जेन्टिना

सोमबार, ०८ साउन २०८०, १४ : ३३
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको सोमबार भएको खेलमा इटालीले सफलता हात पारेको छ । समूह ‘जी’ अन्तर्गतको खेलमा इटालीले अर्जेन्टिनामाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

इटाली र अर्जेन्टिनाबीचको खेल निकै प्रतिस्पर्धात्मक थियो । त्यसैले दोस्रो हाफको अन्तिम समयमा मात्र गोल सम्भव भएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि इटालीकी क्रिस्टिना गिरेल्लीले निणर्ायक गोल गरेकी हुन् ।

समूह ‘जी’ मा रहेका चारवटै टोलीले हालसम्म एक—एक खेल खेलेका छन् । स्विडेन तीन अंकसहित तालिकाको पहिलो स्थानमा छ । स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २—१ गोलले हराएको थियो । 

इटाली तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको दक्षिण अफ्रिका र चौथो स्थानमा आसिन अर्जेन्टिनाले भने खाता खोल्न सकेका छैनन् । २८ तारिखमा अर्जेन्टिनाले दक्षिण अफ्रिकासँग दोस्रो खेल खेल्ने छ । २९ तारिखमा इटाली र स्विडेनबीच खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप