आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व खाद्य कार्यक्रमको ‘नक्कली कार्यालय’ खोलेर ठगी, २ जना पक्राउ

सोमबार, ०८ साउन २०८०, १५ : २६
सोमबार, ०८ साउन २०८०

काठमाडौँ ।  कृषि मन्त्रालय अन्तर्गतको ‘विश्व खाद्य कार्यक्रम’ को नक्कली कार्यालय खोलेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयराम केसी भनेर चिनिने घनश्याम कटुवाल र लिला भोलन छन् । कटुवाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ का स्थानीय हुन् ।

हेटौंडा घर भएका भोलनसँग मिलेर कटुवालले सरकारी कर्मचारीको आवरणमा कार्यालय नै खडा गरेर ठगी धन्दा चलाएको अनुसन्धानबाट थाहा भएको छ । 

प्रहरी वृत महाराजगञ्जले लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । कृषि मन्त्रालयको छाप र लोगो प्रयोग गरेर आरोपीहरुले १५ लाखभन्दा बढी ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीका अनुसार आरोपितहरुले कार्यालय खडा गरेर कार्यालय प्रमुख र शाखा अधिकृत भनेर नेमप्लेट राखेका थिए ।

danbahadur-karki

फर्निचर खरिदका लागि टेण्डर आह्वान गरेर उनीहरुले एकपटक उधारोमा समान लिइसकेको अनुसन्धानबाट थाहा भएको छ । कार्यालयमा ‘कर्मचारी भर्ना’ को आवरणमा पनि उनीहरुले ठगेको भेटिएको छ ।  महाराजगञ्ज वृतका प्रहरी नायव निरिक्षक राजन ढुंगाना नेतृत्वको टोलीले जयरामलाई भक्तपुरको कौशलटार पक्राउ गरेको हो ।

लिला भोलन नारायणस्थानबाट पक्राउ परेका हुन् । आरोपितहरुले नारायणस्थानमा कार्यालय खोलेर ठगधन्दा चलाएको एसएसपी कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कार्यालयमा जयराम केसीले आफ्नो ओहदा उप–सचिव (कार्यालय प्रमुख) भनेर नेमप्लेट राखेका थिए । पेम्बा तामाङको नाममा शाखा अधिकृत लेखेर टाँसेको नेमप्लेट प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप