आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जया बच्चनले भनिन्, ‘मणिपुरबारे विश्वभरि कुरा भइरहेको छ, भारतमा मात्रै छैन’

सोमबार, ०८ साउन २०८०, १६ : ४८
सोमबार, ०८ साउन २०८०

भारतको राज्यसभा सांसद तथा दिग्गज अभिनेत्री जया बच्चनले मणिपुरबारे मिडियासँग कुराकानी गरेकी छिन् । 

उनले भनेकी छिन्, ‘मणिपुरको विषयमा विश्वभरिका मानिस चर्चा गरिरहेका छन् । हाम्रो आफ्नो देशमा भने यसबारे केही कुरा भइरहेको छैन । योभन्दा बढी म के भन्न सक्छु र ?’

जया बच्चन समाजवादी पार्टीकी सांसद हुन् ।

 उनले पत्रकारसँगको कुराकानीमा भनिन्, ‘ यो लाजमर्दो कुरा हो। उनीहरू छलफल गर्न चाहँदैनन् । तपाईंले सदनभित्र जुन दुई राज्यको कुरा गरिरहनुभएको छ, त्यहाँ तपाईंका विपक्षीहरू सत्तामा छन् । तपाईंको राज्यमा के भइरहेको छ । उत्तर प्रदेश, मध्य प्रदेशमा के भइरहेको छ तपाईं भन्नुहोस् न । यिनीहरूको जे जति बाँकी छ, त्यो पनि रहँदैन ।’

मणिपुरको मुद्दाबारे सोमबार भारतको संसद्‌को दुवै सदनमा हङ्गामा भयो । पछि सदनलाई मङ्गलवारसम्मका लागि स्थगित गरियो ।

लोकसभाका गृहमन्त्री अमित शाह आफू यसबारे चर्चाका लागि तयार भएको बताए । तर विपक्षका सांसदले भने लगातार नारा लगाइरहे ।

विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरको मुद्दाबारे संसद्‌मा आफ्नो धारणा राख्नुपर्ने माग गरिरहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप