आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘अमेरिका सपना’ देखाएर बेचबिखन गरेको आरोपमा युवक पक्राउ

२ करोड २६ लाख असुली
सोमबार, ०८ साउन २०८०, १८ : ३९
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । अमेरिका लैजान्छु भनेर नेपाली नागरिकलाई अर्को देशमा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

कास्कीको पोखरा उप–महानगरपालिका–२७ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए ।

‘अमेरिका सपना’ देखाएर आरोपीले पीडितलाई भारतको नयाँदिल्ली, श्रीलंका, दुबई, सिंगापुर र फिलिपिन्स लगायतका देशमा लगेर बन्धक बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । विभिन्न मुलुकमा लगेर बन्धक बनाइएका पीडितहरु फर्केर कमल तामाङको विरुद्ध उजुरी गरेको एसएसपी श्रेष्ठले बताए ।

आरोपित तामाङविरुद्ध ब्युरोमा ४ वटा जाहेरी दर्ता भएको छ । गिरोहले पीडितहरुबाट २ करोड २६ लाख असुलेको भेटिएको छ । कमल तामाङले नेपालमा बसेर कागजात संकलन गरेर र पीडितहरुलाई सम्पर्कमा ल्याउने भूमिका खेलेका थिए । गिरोहका अन्य सदस्यहरू दुबई र अमेरिकामा बसेर बेचबिखनमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

बेचबिखन गर्ने गिरोहले कमललाई काठमाडौँको गुहेश्वरीमा फ्ल्याटमा राखेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप