आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्दिरा र कालिप्रसादले अमेरिकामा सांगीतिक टुर गर्ने

सोमबार, ०८ साउन २०८०, १९ : ०१
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । संगीतकार तथा गायक कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन् । ३ ई इन्टरटेनमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’ मा उनीहरुको दुईको प्रस्तुति रहने भएको हो ।

काली र इन्दिराको प्रस्तुतिले संस्कृति, संगीत र एकताको उत्सवलाई मजबुत बनाउन नेपाली सांगीतिक प्रस्तुतिले दर्शकलाई मोहित बनाउने आस गरिएको आयोजक ३ ई इन्टरटेनमेन्टका सुरेश सापकोटाले बताए ।

अक्टोबर ७ देखि नोभेम्बर १४ सम्म हुने टुरको क्रममा काली र इन्दिराले अमेरिकाका प्रमुख १० सहरमा सांगीतिक प्रस्तुति दिनेछन् ।

काली नेपालका लोकप्रिय गायक, संगीतकार तथा गीतकार हुन् । उनी आत्म–उत्तेजक धुन र भावनात्मक प्रस्तुतिका लागि परिचित छन् । 

त्यस्तै गायिका इन्दिरा पनि गायनमा प्रख्यात छिन् । उनले विभिन्न सांगीतिक प्लेटफर्ममा आफ्नो गर्विलो उपस्थितिका साथ लाखौं फ्यानको मन जितिसकेकी छन् । ३ ई इन्टरटेनमेन्ट एलएलसीले अमेरिकामा यसअघि फिल्ममा हाइ प्रोफाइल इभेन्टहरु आयोजना गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप