आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

गगनलाई पूर्णबहादुरको जवाफ : पार्टीका एजेण्डामा सम्झौता गरेर अगाडि बढ्दैनौँ

सोमबार, ०८ साउन २०८०, १९ : ०५
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले गठबन्धनमा पार्टीको एजेण्डाबारे सम्झौता नगर्ने बताएका छन् ।

कांग्रेसका उपसभापति समेत रहेका खड्काले महामन्त्री गगन थापालाई जवाफ दिँदै यस्तो बताएका हुन् । महामन्त्री थापाले गठबन्धन भत्किन्छ भनेर कांग्रेसले सम्झौता गर्न नहुने बताए पछि खड्काले भने, ‘नेपाली कांग्रेसले आफ्नो एजेण्डालाई सम्झौता गरेर न गठबन्धनमा प्रवेश गरेको छ । न कांग्रेसले आफ्ना एजेण्डालाई सम्झौता गरेर अगाडि बढ्छ ।’

उनले अगाडि भने, ‘हामी हाम्रो एजेण्डा बोकेर गठबन्धनमा छौँ । गठबन्धनमा पनि हाम्रो सीमा हामी बुझेका छौँ । यो गठबन्धनको प्राकृतिक आवश्यकताको बोधसहित कांग्रेस सरकारमा गएको छ ।’

कांग्रेसले यो गठबन्धनलाई पाँच वर्ष लिएर जानुपर्ने उनको भनाइ छ । ‘त्यो पाँच वर्ष लिएर जाँदा सरकारले जनतालाई दिनुपर्ने प्रतिफल र सेवा दिने कुरामा हामी मन्त्रीहरु व्यक्तिगत र सामूहिक रुपमा पार्टीको घोषणापत्र, पार्टीको विचार र एजेण्डाप्रति इमान्दार हुन जरुरी छ,’ उनले भने, ‘परिवार, व्यक्तिगत लोभ र स्वार्थबाट हामीले काम गरौं भने हामीलाई अपराध लाग्छ । यो कुरालाई हेक्का राखेर जिम्मेवारीमा रहेका साथीहरुले काम गरेका छौँ ।’

सुशासन, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवालमा लगाएमा एजेण्डा समेटेर सरकारलाई सुझाव दिनुपर्ने खड्काले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप