काठमाडौँमा सोमबारदेखि हवाई उडान सम्बन्धी कार्यशाला सुरु
सोमबार, ०८ साउन २०८०, १९ : १०
काठमाडौँ । राजधानीमा सोमबारदेखि हवाई उडान तथा सञ्चालन विकास कार्यशाला सुरु भएको छ । युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इएएसए) सँगको सहकार्यमा नेपाल नागरिक उड्यान प्राधिकरणले उक्त कार्यशालाको आयोजना गरेको हो ।
उक्त कार्यशालामा हवाई उडान सुरक्षा र प्राविधिक पक्षको सिकाइ हुने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।
सोमबार अर्थात् २४ जुलाईदेखि सुरु भएको कार्यशाला २८ जुलाईसम्म चल्नेछ । कार्यशालामा दक्षिण एशिया क्षेत्रीय (सार्क) राष्ट्रहरुको पहलमा भएको हो ।