आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो फिल्म ‘नाङ्गो गाउँ’

सोमबार, ०८ साउन २०८०, १९ : १२
सोमबार, ०८ साउन २०८०

काठमाडौँ । फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म हो । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्मकाे टिजर सार्वजनिक भएको छ । टिजरमा राजनीतिक परिवेशलाई उठान गरिएको छ । एक इमानदार शिक्षक कसरी राजनीतिज्ञ बन्छ भन्ने कथा टिजरमा देख्न सकिन्छ ।

जय श्रेष्ठको लगानीमा तयार भएको फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको यो फिल्ममा आलोक शुक्लाको छायांकन, बनिष शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ ।

दयाहाङ राई, शिशिर वाङ्देल, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्मा, कमलमणी नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, श्रद्धा गिरी, शिशिर तामाङ, केशव राई, सविन बास्तोला, रामकाजी घिमिरे, गणेश प्रसाद पौडेल, शंकर आचार्य, इस्तु कार्की, टिका निरौला, बद्री पुडासैनी, नमस्ते दिवाकर लगायतका कलाकारको अभिनय फिल्ममा छ ।

यसअघि ‘घामपानी’, ‘गोपि’, ‘छ माया छपक्कै’, ‘२ नम्बरी’ जस्ता सामाजिक कथावस्तुका फिल्म बनाएका निर्देशक लामाको ‘नाङ्गो गाउँ’ राम्रो हुने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप