आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
जमघट

केन्द्रीय समिति बैठककै बीच शशांकको चियापान

मङ्गलबार, ०९ साउन २०८०, १० : ११
मङ्गलबार, ०९ साउन २०८०

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन् । काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्युटमा कोइरालाकले चियापान कार्यक्रम गरेका हुन् ।

चियापान कार्यक्रममा केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ ।

शशांक निकटस्थहरु साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिमा देखिएको मत विभाजनको मिलनका रुपमा चियापान कार्यक्रमलाई अर्थ्याउछन् । उनले भने -'हामी एक भएर जाऔँ । हामीलाई कसैले हराउन सक्दैन । केन्द्रीय समिति बैठकबाट एकताको सन्देश बोकेर जानुपर्छ । तपाईंहरु आइदिनु भयो । सबैलाई धन्यवाद ।'

चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए । कार्यक्रममा शेखर कोइराला पनि ढिलो गरि पुगेका थिए ।

देउवाले चिया खान बोलाएकोमा शशांकलाई धन्यवाद दिए पनि थप केही बोलेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप