सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इंल्याण्डका पहिलो ‘१० लाख पाउण्ड’ फुटबलरको निधन

मङ्गलबार, ०९ साउन २०८०, १० : २५
मङ्गलबार, ०९ साउन २०८०

लण्डन । इंल्याण्डका पूर्व फरवार्ड ट्रेभर फ्रान्सिसको ६९ वर्षको उमेरमा निधन भएको छ । स्पेनमा हृदयाघातका कारण उनको निधन भएको हो ।

सन् १९७९ मा उनी इंग्ल्याण्डको पहिलो १० लाख पाउण्ड मूल्य भएका खेलाडी बनेका थिए । उनी सो रकममा बर्मिङ्घम सिटीबाट नटिङहम फरेस्टमा आबद्ध भएका थिए ।

बर्मिङ्घमा उनले सन् १९७० मा १६ वर्षको उमेरमा नै आबद्ध भएका थिए । उनको कीर्तिमानलाई सन् २०१९ मा जुड बेलिङहमले तोडेका थिए । क्लबका लागि उनले २८० खेलमा ११९ गोल गरेपछि कीर्तिमानी रकममा फरेस्ट पुगेका थिए ।

फरेस्टसँग उनले दुईवटा युरोपियन कपको उपाधि जितेका थिए । फरेस्टपछि उनी म्यानचेस्टर सिटी र इटालियन क्लब साम्पडोरिया र एटलान्टासँग अनुबन्ध भएका थिए ।

त्यस्तै, उनले इंग्ल्याण्डका लागि ५२ खेल खेल्दै १२ गोल गरेका थिए । त्यसपछि उनले म्यानेजरका रूपमा आफ्नो करियर अघि बढाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप