आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकप : अंक बाँडे नर्वे र स्विट्जरल्यान्डले

मङ्गलबार, ०९ साउन २०८०, १५ : ५७
मङ्गलबार, ०९ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगितामा मंगलबार नर्वे र स्विट्जरल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । उक्त नतिजापछि स्विट्जरल्यान्ड चार अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा छ । 

स्विट्जरल्यान्डले आफ्नो पहिलो खेलमा फिलिपिन्सलाई २—० गोलले हराएको थियो । आयोजक न्युजिल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नर्वेलाई १—० गोलले हराएको थियो । न्युजिल्यान्ड आफ्नो दोस्रो खेलमा भने फिलिपिन्ससँग १—० गोलले पराजित भएको थियो । 

फिलिपिन्स तीन अंकसहित तालिकाको तेस्रो स्थानमा आसिन छ । नर्वे भने एक अंकसहित चौथो स्थानमा छ । उक्त समूहमा सबै टोलीले दुई-दुई खेल खेलिसकेका छन् । 

समूहगत चरणको आफ्नो अन्तिम खेलमा स्विट्जरल्यान्डले ३० तारिखमा न्युजिल्यान्डको सामना गर्नेछ । सोही दिन नर्वे र फिलिपिन्सबीच अर्को खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप