आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डा.मल्लको मौलिक तीज गीत ‘राधा’ सार्वजनिक

मङ्गलबार, ०९ साउन २०८०, २० : ४६
मङ्गलबार, ०९ साउन २०८०

सुर्खेत । डा. महेन्द्रकुमार मल्लको मौलिक तीज गीत ‘राधा’ को लोकार्पण गरिएको छ । मंगलबार नेपाली भाषा शिक्षा विभाग सुर्खेत बहुमुखी क्याम्पसको आयोजनामा एक कार्यक्रमकाबीच क्याम्पस प्रमुख माधव खनालले लोकार्पण गरेका हुन् । 

चर्चित गायिका अनु चौधरीको आवाजमा रहेको उक्त गीत विशेष गरी एउटा नव युवतीको युवतीको युवासुलभ भावनामा आधारित रहेर लेखिएको छ । 

भाषा तथा साहित्यमा विद्यावारिधि गरेका डा.मल्लले  नव युवतीको हुर्कँदै बढ्दै गर्दा जीवनमा आएको परिवर्तनको विषय, बिहे पश्चात् माइतीलाई सम्झँदै मनमा उब्जेका भावनालाई सम्बोधन गर्ने गरी लेखिएको बताए । 

डा. मल्लका यसअघि पनि गीतहरू आइसकेका छन् भने उनले लेखेका थुप्रै गीतहरू चर्चित कलाकारहरूले गाएका छन् । ‘राधा’ गीत सुर्खेतको चर्चित पर्यटकीय स्थल बुलबुले उद्यानमा छायाङ्कन गरिएको हो ।

गीतमा संगीत चर्चित गायक शिव संगीतले भरेका हुन् भने भिडिओमा दीपा शाहीको अभिनय रहेको छ । कुलमान नेपालीको निर्देशनमा बनेको गीतको सम्पादन मनोज कार्कीले गरेका हुन् । 

मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत रहेका डा. मल्लको कर्णालीको शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनी सुर्खेत बहुमुखी क्याम्पसका पूर्व प्रमुख समेत हुन् । यद्यपि उनले कर्णालीमा रहेर नेपाली साहित्य र गीतसङ्गीतको क्षेत्रमा काम गरिरहेका छन् । राधा मल्लकै नामको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप