आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रताप र रिज्योनाको ‘माइत जाने हो’ सार्वजनिक

बुधबार, १० साउन २०८०, ०७ : ३३
बुधबार, १० साउन २०८०

काठमाडौँ । तीज नजिकिँदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । 

निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा विष्णु तामाङको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। 

विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, विजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरूको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप