सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेस्सी चम्किँदा मियामीको लगातार दोस्रो जीत

बुधबार, १० साउन २०८०, ०९ : १७
बुधबार, १० साउन २०८०

मियामी । मेजर लिग सकरमा लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले एटलान्टा युनाइटेडमाथि शानदार जीत हासिल गरेको छ । बुधबार भएको खेलमा मियामी ४–० गोलअन्तरले विजयी बनेको हो ।

मेस्सीले खेलको आठौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोबर्ट टेलरले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । दोस्रो हाफको सुरुवातमा टेलरले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

खेलको अन्त्यतिर क्रिस्टोफर म्याकभेले रातोकार्ड पाएपछि मियामी १० खेलाडीमा सीमित बनेको थियो । मेस्सीले यसअघि आफ्नो डेब्यू खेलमा पनि गोल गरेका थिए । खेलको इन्जुरी समयमा गोल गर्दै उनले टोलीलाई क्रुज एजुलविरुद्ध २–१ को जीत दिलाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप