आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु

बुधबार, १० साउन २०८०, १० : १०
बुधबार, १० साउन २०८०

जनकपुरधाम । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । 

मंगलबार राति ईश्वरपुर नगरपालिका ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो ।

ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए । 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी थारुले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप