आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारीकाे बैठक सकियो, ४ बजे पुनः बस्ने

बुधबार, १० साउन २०८०, ११ : ३५
बुधबार, १० साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने गरी सकिएको छ । बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुनः बस्नेगरी सकिएको हो ।

आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बैठक बसेको पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए ।

पार्टी बैठक व्यवस्थित रुपमा बस्नका लागि एजेण्डा तय गर्न पदाधिकारी बैठक बसेको उपाध्यायले बताए । ‘पार्टीका एजेण्डाहरु के के हुने हुन् ? बैठकलाई व्यवस्थित गर्न के के गर्न सकिन्छ भन्ने विषयमा समग्र रुपमा छलफल गर्न बैठक बोलाएको हो । अहिलेलाई बैठक सकियो बेलुका ४ बजे फेरी बस्ने छ’ उनले भने ।

आजको पदाधिकारी बैठक कार्यबहाक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।  पार्टी पदाधिकारी बैठक सकिएलगत्तै संगठन विभागको बैठक साढे १२ बजेदेखि बस्ने भएको छ । केन्द्रीय समिति बैठकलाई लक्षित गरेर संगठन विभागको बैठक बस्न लागेको हो । संगठन विभाग प्रमुख जनार्दन शर्मा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप