आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ए झरी’को फिमेल भर्सनमा मालाको हट अवतार

बुधबार, १० साउन २०८०, १२ : ४८
बुधबार, १० साउन २०८०

काठमाडौँ । ‘ए झरी’ बोलको गीत कुनै समय लोकप्रिय थियो । युवा श्रोता तथा दर्शकको मनमा बस्न सफल गायक नवीन के भट्टराईको उक्त चर्चित गीत फिमेल भर्सनमा आएको छ ।

गायक नवीन के भट्टराईले झन्डै डेढ दशकअघि गाएको ‘ए झरी’ गीतलाई पछिल्लो समयकी चर्चित गायिका अमृता लिम्बूले फिमेल भर्सनमा ल्याएकी हुन् ।

गीतको भिडियोमा पछिल्लो समयका लोकप्रिय मोडल पुष्प खड्का र अभिनेत्री तथा मोडल माला लिम्बूले अभिनय गरेका छन् । प्रेम र प्रकृति भावलाई दर्साएको भिडियोमा पुष्प र मालाको केमेस्ट्री दमदार देखिएको छ ।

‘ए झरी’ गीतमा सङ्गीत अर्जिनल भर्सनलाई नै राखिएको छ, अर्थात सङ्गीत संयोजनमा कुनै तोडमोड गरिएको छैन । जसमा शम्भुजीत बास्कोटाको सङ्गीत र डा. अरुण सायमीको शब्द छ ।

निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । निर्देशकको क्रियशनलाई क्यामेरामा कैद गर्ने काम उत्तम हुमागाइँले गरेका छन् । 

गायिका अमृताको यो पछिल्लो गीत हो । गायिका अमृताको यसअघि ‘शीरैमा शीरफूल’, ‘झुम्के माया’, ‘लकुेर हेर्यौ’ जस्ता थप्रै गीत चर्चित छन् । 

अहिले झरीकै मौससमा भएकोले सार्वजनिक गीतले दर्शक तथा श्रोताको मन जित्न सक्ने गायिका अमृताले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप