आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ४८ लाख रकमसहित एक पुरुष पक्राउ

बुधबार, १० साउन २०८०, १३ : ५८
बुधबार, १० साउन २०८०

बुटवल । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँ र नेपाली रुपियाँसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कपिलवस्तु नगरपालिकाको आन्दोलन चोकस्थित रामदेव बर्माको घरबाट  ४८ वर्षीय सुनिलकुमार गुप्तालाई ४८ लाख रुपैयाँसहित प्रहरीले  पक्राउ गरेको हो ।

बर्माको घरमा कोठा भाडा लिइ अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

गुप्ताले कोठामा लुकाई छिपाई राखेको (स्रोत नखुलेको) २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र  १४ लाख ९४ हजार ९२० भारतीय रुपियाँ  गरी ४८ लाख पाँच हाजर १२७ रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई बरामद भएको रकमसहित राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप