आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार प्रतिवादी बानेश्वरबाट पक्राउ

बुधबार, १० साउन २०८०, १४ : २८
बुधबार, १० साउन २०८०

काठमाडौँ । बलात्कार मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भएका मोहन भण्डारीलाई छन् ।

उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट २०७९ माघमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले रातोपाटीलाई बताए । घटना भएको मितिदेखि नै आरोपित भण्डारी फरार थिए ।

बानेश्वरमा लुकेर बसेको सूचनाको आधारमा उनी पक्राउ परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप