आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विपद् पूर्व सतर्कतालाई उच्च प्राथमिकता दिन कावा प्रधानमन्त्री खड्काको निर्देशन

बुधबार, १० साउन २०८०, १५ : ३५
बुधबार, १० साउन २०८०

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विपद् व्यवस्थापन लगायतका विषयमा छलफल गरेका छन् । बुधवार रक्षा मन्त्रालयमा कावा प्रधानमन्त्री खड्काको अध्यक्षतमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, रक्षासचिव, गृहसचिव , सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु सहभागी थिए  ।

कावा प्रधानमन्त्री खड्का समक्ष सम्वन्धित अधिकारीहरुले  देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति  र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएको उनको सचिवालयले जनाएको छ । छलफलमा कावा प्रधानमन्त्री खड्काले बाढी पहिरो लगायतका कारण जन धनको क्षति हुन नदिन तथा अवरुद्ध भएका राजमार्ग तत्काल सुचारु हुने व्यवस्था मिलाउनका निर्देशन दिए । साथै विपद् पूर्व सतर्कतालाई समेत उच्च प्राथमिकतामा राखेर काम गर्न उनको निर्देशन छ ।

उनले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्वन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाइ तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत कावा प्रधानमन्त्री खड्काले निर्देशन दिए । देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरु विपद्को पूर्व आंकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकिकृत रुपमा समन्वय गरी काम गर्न निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप