आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

समरजंग कम्पनीका तत्कालीन प्रमुखलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बुधबार, १० साउन २०८०, १७ : ५३
बुधबार, १० साउन २०८०

काठमाडौँ । ललिता निवास प्रकरणमा थुनामा रहेका रमेशकुमार पोखरेललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुँयालले उनको तर्फबाट दायर रिटमा बुधवार बन्दी प्रत्यक्षीकरणको आदेश दिन अस्वीकार गरेका हुन् ।

तत्कालीन समरजंग कम्पनीका प्रमुख पोखरेललाई केन्द्रीय अनुसन्धान ब्यूरोले असार १८ मा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सर्वोच्च अदालतले पुनः म्याद थपको माग भएर आएको अवस्थामा ‘वस्तुनिष्ट विश्लेषण गरेर मात्र आदेश गर्नुहोला’ भनेर जिल्ला अदालत काठमाडौँलाई आदेश गरेको छ ।

निवेदकले २०६८ सालदेखि नै डिप्रेशन लगायत मानसिक रोगको नियमित उपचार गराई औषधी सेवन गरेको रिपोर्ट पेश गरेका थिए । पोखरेलको स्वास्थ्य अवस्था र थुनामा नराखिकन अनुसन्धान गर्दा उनले अनुसन्धानमा प्रभाव पार्न सक्ने वा नसक्ने अवस्थाको ‘वस्तुनिष्ट विष्लेषण गर्न’ सर्वोच्चले जिल्ला अदालतलाई आदेश गरेको छ ।

बुधवार उनीसहित ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालतले थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप