आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘जीवन साथी’मा जीवन र सकीले गरे वरपीपल झैँ बाचा

बिहीबार, ११ साउन २०८०, ०८ : ३७
बिहीबार, ११ साउन २०८०

काठमाडाैँ । अभिनेता जीवन गिरी र मोडल सकी इटानीले जीवनभर वरपीपल झैसँगै बाच्ने बाचा गरेका छन् । दुवैले रियल जीवनमा भन्दा पनि रिल जीवन अर्थात ‘जीवन साथी’ बोलको गीतको भिडियो अभिनयमा उक्त बाचा गरेका हुन् ।

रोमान्टिक शैलीको गीतमा जीवन र सकी रोमान्टिक प्रेम जोडीको रूपमा प्रस्तुत भएका छन् । जसमा दुवैको केमेस्ट्री सुहाउँदो छ । हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा सङ्गीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।

नवराज उप्रेतीको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप