सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेदरल्याण्डसँग बराबरीमा रोकियो अमेरिका

बिहीबार, ११ साउन २०८०, ०९ : १५
बिहीबार, ११ साउन २०८०

वेलिङटन । साबिक विजेता अमेरिका महिला विश्वकपमा नेदरल्याण्ड्ससँग बराबरीमा रोकिएको छ । नेदरल्याण्ड्सकी कप्तान लिन्ड्से होरानले दोस्रो हाफमा गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

जिल रुडले खेलको १७ औँ मिनेटमा नै अमेरिकालाई खेलमा अग्रता दिलाएकी थिइन् । रुडको गोलसँगै तीनवटा विश्वकपका पछिल्ला १३ खेल जितेको अमेरिका अर्को जीततर्फ अग्रसर बनिरहेको थियो । तर, होरानले खेलको ६२ औँ मिनेटमा गोल गर्दै अमेरिकाको सपना चकनाचुर पारेकी थिइन् ।

सन् २०१९ को फाइनलमा अमेरिकाले नेदरल्याण्ड्सलाई २–० गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । समूह ईमा नेदरल्याण्ड्स र अमेरिका दुवैको ४–४ अंक रहेको छ । तर, गोल अन्तरको आधारमा अमेरिका समूहको शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप