आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्ग अवरुद्ध

बिहीबार, ११ साउन २०८०, ११ : ००
बिहीबार, ११ साउन २०८०

बागलुङ । मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट सडक खण्ड अवरुद्ध बनेको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको पहिरोका कारण सो सडकखण्ड अवरुद्ध बनेको हो । 

निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बुधबार रातिदेखि आएको बाढी र सडकमा लेदो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो । 

सडक अवरुद्ध भएसँगै सो क्षेत्र भएर चल्ने सवारीसाधन ठप्प भएका छन् । रुकुुम पूर्वदेखि काठामाडौं, पोखरा तथा बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका सवारीसाधान कानाबगरमा रोकिएका छन् ।  सडक खुलाउने प्रयास भने भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप