आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायिका सिनेड ओ’कनरको निधन

बिहीबार, ११ साउन २०८०, १३ : ३६
बिहीबार, ११ साउन २०८०

डब्लिन । चर्चित आईरिस गायिका सिनेड ओ’कनरको ५६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले बुधबार निधनको खबर सार्वजनिक गरेपनि कारणबारे चाहिँ केही खुलाएको छैन ।

ग्रामी अवार्ड विजेता गायिका सन् १९९० मा हिट गीत ‘नथिङ कम्पेयर्स टू यू बाट चर्चामा आएकी थिइन् । सन् १९८७ देखि २०१४ को बीचमा उनले १० वटा एल्बम रिलिज गरेकी थिइन् ।

क्थोलिक चर्चमा भएको बाल यौन दुर्व्यहारको विरोधमा सन् १९९२ मा अमेरिकी टेलिभिजन शो स्याटर्डे नाइट लाइभमा पोप जोन पल द्वितीयको तस्बिर च्यातेपछि उनी विवादमा पनि आइन् ।

गत जनवरीमा मात्र उनले आफ्नो १७ वर्षीय छोरा शेनलाई गुमाएकी थिइन् । उनको निधनप्रति विश्वभरबाट संगीतकर्मी तथा समर्थकहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप