सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् कालीमाटीमा किसानहरुको धर्ना

बिहीबार, ११ साउन २०८०, १५ : ४०
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ । बिहीबार बिहान सञ्चालले कार्यालय अघि भेला भई धर्ना दिएको हो । 

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाउन माग गर्दै धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए । उनले सरकारले किसानको हक हितविरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिए । उनले मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपु¥याउन चेतावनी दिए । 

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत भाडामा लगाइयोस्, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित गर् लगायतका प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका छन् । 

farmerfarmer1farmer2farmer3farmer4farmer6farmer7

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप