आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पोर्चुगलसँग पराजित भएपछि उपाधि होडबाट बाहिरियो भियतनाम

बिहीबार, ११ साउन २०८०, १७ : ३१
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । महिला विश्वकप फुटबल प्रतियोगिताको बिहीबार भएको खेलमा पोर्चुगलले भियतनामलाई २—० गोलले हराएको छ । समूह ‘ई’ को खेलमा पोर्चुगलसँग पराजित भएपछि भियतनाम उपाधि होडबाट बाहिरिएको छ । 
उक्त समूहमा चारवटै टोलीले दुई—दुई खेल खेलिसकेका छन् । चार अंकसहित अमेरिका पहिलो र समान अंक भएको नेदरल्यान्ड्स दोस्रो स्थानमा छन् । पोर्चुगल तीन अंकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा आसिन भियतनामले अंक जोड्न सकेको छैन । 

भियतनामविरुद्घको खेलमा पोर्चुगलले दुबै गोल पहिलो हाफमा गरेको थियो । खेल सुरु भएको सातौं मिनेटमा पोर्चुगलका लागि टेल्माले पहिलो गोल गरिन् । २१औं मिनेटमा फ्रान्सिस्का नाजारेथले अर्को गोल थपेपछि पोर्चुगल सहजै विजयी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप