आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट फुटबल : नेपालको प्रतिद्वन्द्वी लाओस

बिहीबार, ११ साउन २०८०, १८ : २१
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । विश्वकप छनोट फुटबलको एसियाली क्षेत्रको प्रारम्भिक चरणको छनोट प्रतियोगितामा नेपालले लाओससँग प्रतिस्र्धा गर्नुपर्ने भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार खेल तालिका सार्वजनिक गरिएको हो । 

खेल तालिका सार्वजनिक गरिँदा नेपालले लाओसलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले लाओससँग ‘होम एण्ड अवे’ गरि दुई खेल खेल्ने छ । लाओससँगको पहिलो लेग खेल अक्टोबर १२ तारिखमा घरेलु मैदानमा खेलिने छ । 

यसैगरी दोस्रो लेग खेल अक्टोबर १७ तारिखमा लाओसको घरेलु मैदानमा हुनेछ । दोस्रो चरणका लागि छनोट भएमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन तथा यमन र श्रीलंकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप