आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कार्यवाहक प्रधानमन्त्री खड्काद्वारा वीरेन्द्र सैनिक अस्पतालको निरीक्षण

बिहीबार, ११ साउन २०८०, २० : ५२
बिहीबार, ११ साउन २०८०

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिहीबार वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन् । कार्यवाहक प्रधानमन्त्री खड्काले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रभावबारे अस्पतालका विभिन्न विभागमा पुगेर जानकारी लिए ।

सो अवसरमा उनले सेवाग्राही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीसँग पनि छलफल गरे । अस्पतालको स्थलगत निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहित उच्च सैनिक अधिकारी पनि सहभागी भएका थिए । 

अस्पताल निरीक्षणका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सीमित स्रोत साधन र भौतिक संरचनाका बाबजुत अस्पतालबाट सन्तोषजनक सेवा प्रभाव भइरहेको भन्दै खुसी व्यक्त गरे । उनले अस्पतालबाट एकीकृतरुपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गरे । 

कार्यवाहक प्रधानमन्त्री खड्का अस्पतालमा कार्यरत चिकित्सक, नर्सदेखि सबै कर्मचारीहरुले सेवा भावका साथ काम गरिरहेको कुरालाई सरकारले उच्च सम्मानका साथ हरिरहेको भन्दै अस्पतालको नयाँ भौतिक संरचना निर्माण, स्वास्थ्यकर्मीदेखि कर्मचारीको समग्र वृत्ति विकासमा पनि सरकारले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहे जति सहयोग गर्न सक्ने अवस्था नभएपनि प्राथमिकताका आधारमा अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी पनि दिए ।

अस्पतालाबाट अझै राम्रो स्वास्थ्य सेवा दिनका लागि सरकार र मन्त्रालयबाट कुनै नीतिगत सुधारको काम गर्नुपर्ने भए सरकार त्यसमा पनि सकारात्मक भएको कार्यवाहक प्रधानमन्त्री खड्काको भनाइ छ । उनले त्यसका लागि प्राथमिकता निर्धारण गरेर काम गर्नुपर्नेमा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप