आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कालीमाटीको सटर भाडा विवाद : आज पनि किसानको धर्ना (तस्बिरहरु)

शुक्रबार, १२ साउन २०८०, ११ : ३२
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । कालीमाटी तरकारी तथा फलफूल बजारका सटरहरु बिना प्रतिष्पर्धा भाडा दिन लागिएको भन्दै विवाद भएको छ । सोको विरोधमा शुक्रबार पनि राष्ट्रिय किसान सञ्जालले धर्ना दिएको छ । 
शुक्रवार बिहान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालय अगाडि धर्ना दिएको हो ।

उनीहरुले बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने, सटर र स्टलहरु खुला प्रतिष्पर्धा मार्फत भाडामा लगाइनुपर्ने, ५० प्रतिशत सटर उत्पादक किसानलाई छुट्याउन पर्ने माग गरेका छन् । 
यस्तै बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि राखेका छन् । बिहीबार पनि किसानहरुले धर्ना दिएका थिए । 

363909195_6587303967981979_2176694312979708200_n363932313_824342195750888_6643195609131223437_n364078182_844191117043592_7723236666608658281_n364172265_933570951077626_79940007201000565_n364174346_303714095348629_8136796510970025028_n364175403_495553606110205_5415724920522212186_n364179455_9754539247952632_4170828879824871571_n364180084_773346901464046_5065505244448117368_n364185985_224650880070991_6807026018187843183_n364186666_613080900954514_675467865607523032_n364191826_3533540426914127_8556334262270060859_n364191868_271169038879443_2084466245400707344_n364202873_1006704170333488_389479298467165694_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप