आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लम्पी स्किन रोगलाई धेरै हदसम्म रोक्न प्रयास गरिएको छ :  प्रचण्ड

शुक्रबार, १२ साउन २०८०, १२ : २६
शुक्रबार, १२ साउन २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई धेरै हदसम्म रोक्न प्रयास गरिएको बताएका छन् । इटालीबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सरकारले लम्प स्किन रोकथाम गर्न लाग्दै नलागेको भन्न नमिल्ने जिकिर गरे ।

‘लम्पी स्किनको बारेमा पहिले क्याबिनेटमा र मन्त्रालयमा लगातार छलफल गरी राखेका छौँ । तपाईँले भन्या जस्तो स्थिति होइन । धेरै हदसम्म रोक्न प्रयास गरिएको छ । यो रोग हामीले अनुमान गरे भन्दा बढी फैलियो’ प्रचण्डले भने, ‘सरकारको तर्फबाट निदानका निम्ति भरपुर प्रयास भएको छ । हजारौँ गाईहरू भ्याक्सिनबाट उपचार प्रक्रियाद्वारा सन्चो भएका छन् । हामी सबै पक्ष मिलेर निदान गर्न अझै मेहनत गर्नुपर्छ।’ 

कृषि मन्त्री बेदुराम भुसाललाईसमेत विदेश जानुअघि लम्प स्किन रोकथाम गर्न निर्देशन दिएको प्रचण्डले बताए ।  ‘कृषि मन्त्री मसँगै हुनुहुन्थ्यो । उहाँ विदेश जानु अघि लम्पी स्किनको रोकथामको लागि मैले भनेको थिए । हामीले क्याबिनेटमा छलफल पनि गरेका थियौँ’ प्रचण्डले भने, ‘यसमा धेरै मेहनत गरिएको छ । यसमा पत्रकार साथीहरूले बुझ्न पर्‍यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप